
काठमाडौं, २३ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहजीकरणका लागि गठित राजनीतिक दलको कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन तयार हुनु नयाँ सरकारकोराम्रो सुरुवात भएको बताउनुभएको छ ।
बुधबार प्रधानमन्त्री कार्यलयमा भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)मा प्रतिवेदन बुझाउने क्रममा उहाँले यसलाई एउटा राम्रो काम भन्ने ठानेको भन्दै सरकारलाई धन्यवाद दिनुभएको हो ।
उहाँले भन्नुभयो, ‘नयाँ सरकार गठन भएपछिको यसलाई मैले एउटा राम्रो काम भन्ने ठान्छु र सरकारलाई पनि धन्यवाद भन्न चहान्छु । यसलाई संसदको समिति र सदनमा पनि यसै पटक जाओस् र यसलाई टुङ्गाइयोस् र आम नेपाली जनतालाई पनि शान्ति, स्थायित्व र प्रगतीतिर जाने ढोका अझ राम्रोसँग खुलेको सन्देश दिइयोस् भन्ने मेरो चहाना छ र सरकारसँग यसको लागि आग्रह गर्न चहान्छु ।’
उहाँले लामो समयदेखि छलफलमा रहेको सहमतिको नजिक पुगेर पनि निष्कर्ष दिन कठिन भएको यो विषय निष्कर्षमा पुगेको भन्दै खुशी पनि व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘वेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन ७१ लाई संशोधन गर्न बनेको विधेयकका सन्दर्भमा कार्यदलले समझदारीका साथ एउटा प्रतिवेदन बुझाएको छ । लामो समयदेखि छलफलमा रहेको सहमतिको नजिक पुगेर पनि निष्कर्ष दिन कठिन भएको यो विषय अहिले जुन मेहनतका कार्यदलले पीडितमैत्री बनाउँदै निष्कर्षमा लागिएको छ यो सबैको लागि खुशीको कुरा हो ।’









प्रतिक्रिया