३१ जेष्ठ २०८३, आइतबार

ब्राजिल र अमेरिका पेरिस ओलम्पिक महिला फुटबलको फाइनलमा

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । जारी पेरिस ओलम्पिकको महिला फुटबलमा ब्राजिल र अमेरिका स्वर्ण पदकका लागि खेल्ने भएका छन् ।

गएराति सम्पन्न सेमिफाइनलका खेलमा ब्राजिलले स्पेनलाई ४-२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ ।

त्यस्तै, अमेरिकाले जर्मनीलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।  अब महिला फुटबलको फाइनल खेल अगस्त १० मा हुने छ ।

त्यस्तै, काश्य पदकका लागि स्पेन र जर्मनी भिड्ने भएका छन् । यो खेल अगस्त ९ मा हुने छ ।