
काठमाडौं, २३ साउन । नेपालले आज काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतको सामना गर्दै छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने फाइनल खेल साँझ ५ बजेदेखि सुरु हुनेछ ।
मंगलबार सम्पन्न सेमिफाइनल खेलमा नेपालले इरानलाई सोझो सेटमा ३-० ले पराजित गरेको थियो ।
त्यस्तै, पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।
लिग चरणमा नेपालले भारतलाई पराजित गरिसकेको हुनाले आज फाइनलमा नेपाल उच्च मनोबलका साथ खेल्दै छ । फाइनल खेलमा खेलाडीको मनोबल बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीसमेत उपस्थिति हुनुहुने बताइएको छ ।
त्यस्तै, आजै तेस्रो स्थानको खेल इरान र श्रीलंकाबीच दिउसो २ बजेदेखि हुनेछ ।








प्रतिक्रिया