२४ जेष्ठ २०८३, आइतबार

काभा महिला भलिबल : नेपालले हरायो माल्दिभ्सलाई, सेमीफाइनलमा इरानसँग प्रतिस्पर्धा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । काठमाडौँमा जारी काभा महिला भलिबल लिगमा नेपालले माल्दिभ्सलाई ३-० को सेटमा पराजति गरेको छ । यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा नेपालले सोझो सेटमा ३-० ले माल्दिभ्सलाई पराजित गरेको हो ।

योसँगै सेमिफाइनलको समीकरण पनि पूरा भएको छ । भारत १० अंकसहित शीर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ भने अब सेमिफाइनलमा चौथो स्थानमा रहेको श्रीलंकासँग खेल्ने छ ।

त्यस्तै नेपाल ९ अंकसहित दोस्रो स्थानमा रहेको छ र भने अब सेमिफाइनलमा ७ अंकसहित तेस्रो स्थानमा रहेको इरानसँग खेल्ने छ ।

अब सेमिफाइनल खेल मंगलबार हुनेछन् । मंगलबार अपराहन्न ३ बजे पहिलो सेमिफाइनल खेल भारत र श्रीलंकाबीच हुनेछ भने दोस्रो सेमिफाइनल खेल नेपाल र इरानबीच अपरान्ह ५:१५ बजेदेखि सुरू हुनेछ ।