
काठमाडौं, २१ साउन । भारतको एक निर्माण कम्पनीमा विष्फोट हुँदा एकजना नेपालीको मृत्यु भएको छ ।
पुणेस्थित एक भेइकलका स्पेयर पार्ट्स बनाउने निर्माण कम्पनीमा विस्फोट हुँदा २२ वर्षीय नेपाली युवक अजयकुमार बजरंगीप्रसाद मौर्यको मृत्यु भएको हो ।
बिहीबार खाना पकाउन स्टोभको चुल्हो बाल्ने क्रममा विष्फोट हुँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो । उपचारका क्रममा उहाँको शनिबार मृत्यु भएको हो ।
स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।









प्रतिक्रिया