
काठमाडौं, २१ साउन । मधेश प्रदेशका पूर्वराज्यमन्त्री नागेन्द्रराय यादव नेकपा (एमाले)मा फर्किनुभएको छ ।
रौतहट जिल्लाका नेकपा (एकीकृत समाजवादी)का नेता यादव आइतबार पुरानो पार्टी नेकपा एमालेमा फर्किनुभएको हो । यादवलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलगायतका नेताले पार्टीमा स्वगत गर्नुभयो ।

यादवसहितका रौतहटका एकीकृत समाजवादीका नेता कार्यकर्ताहरूलाई अध्यक्ष ओलीले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा स्वागत गर्नुभएको हो ।
उहाँहरू पार्टी विभाजित हुँदा एमाले छाडेर माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीमा लाग्नुभएको थियो ।








प्रतिक्रिया