२४ जेष्ठ २०८३, आइतबार

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २१ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज सोमबार विश्वासको मत लिँदै हुनुहुन्छ ।

मुख्यमन्त्री कँडेलले विश्वासको मत लिनका लागि मुख्यमन्त्री कँडेलले प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराउनुभएको छ ।

मुख्यमन्त्री कँडेलले प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । उहाँले यसअघि गत वैशाख १३ गते विश्वासको मत लिनुभएको थियो ।

केन्द्रमा कांग्रेस–एमालेको नयाँ समीकरण बनेपछि कर्णालीमा माओवादीले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि कँडेलले विश्वासको मत लिन लाग्नुभएको हो ।

सरकारमा सहभगी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा बहुमतका लागि २१ मत आवश्यक पर्दछ । प्रदेश सभामा कांग्रेस र एमाले जोड्दा स्पष्ट बहुमत देखिन्छ ।

कर्णाली प्रदेशमा कांग्रेसका १४ र एमालेका १० गरी २४ प्रदेश सदस्य छन् भने माओवादी केन्द्रका १३ तथा राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एकएक जना प्रदेश सदस्य छन् ।