७ असार २०८३, आइतबार

राजेश हमाल ८ वर्षपछि चलचित्रमा ‘कमब्याक’

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमाल झन्डै ८ वर्षपछि अभिनयमा फर्किनुहुने भएको छ । हमाल निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल फिल्ममा अनुबन्धित हुनुभएको हो ।

आइतबार बेलुका निर्माता तथा निर्देशक भट्टराई र महानायक हमालबीच लिखित सहमति भएको हो । हमालले सामाजिक सञ्जालमा तस्वीर राख्दै आफू दिवाकरको फिल्ममा अनुबन्धित भएको जानकारी दिनुभएको छ ।

सहमतिको जानकारी दिँदै उहाँले लेख्नुभएको छ, ‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्ममा काम गर्दैछु ।’

पछिल्लो पटक फिल्म ‘सकुन्तला’मा अभिनय गरेपश्चात महानायक हमाल कुनै पनि फिल्ममा देखिनुभएको थिएन । बरु उहाँले म्युजिक भिडिओमा आफूलाई समय दिइरहनुभएको थियो । एक्सन प्रधान रहने फिल्ममा हमालले झन्डै ८ वर्षपछि कमब्याक गर्नुहुनेभएको हो ।

आगामी भदौ महिनाबाट छायांकनको तयारी गरिएको फिल्मको नाम केही दिनमा घोषणा गरिने निर्माणपक्षको भनाइ छ ।

निर्देशक दिवाकरले फिल्मको कथावस्तु मनपराएपछि हमाल आफ्नो फिल्ममा अभिनयका लागि तयार भएको र यो फिल्मले राजेश हमालको गर्विलो कमब्याक गराउने दाबी गर्नुभयो ।