२४ असार २०८३, बुधबार

बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म एक सय ५३ जनाको मृत्यु

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । देशका विभिन्न स्थानमा अविरल वर्षाको कारण आएको बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म एक सय ५३ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेशमा ६ जना, बागमतीमा २९ जना, गण्डकीमा ४३ जना, लुम्बिनीमा २९ जना, कर्णालीमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ५३ जनाको मृत्यु भएको हो ।

साथै, काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेशमा १० जना, बागमतीमा १० जना, गण्डकीमा ३४ जना, लुम्बिनीमा ११ जना, कर्णालीमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ७७ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै, काठमाडौं उपत्यकामा २६ जना, कोशी प्रदेशमा ४९ जना, बागमतीमा १२ जना, गण्डकीमा १४ जना, कर्णालीमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय ८ जनाको उद्दार गरिएको छ ।

बाढी, पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमतीमा ४२ जना, गण्डकीमा १ जना, कर्णालीमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ४७ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।

बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । २ सय ६१ वटा घर, ९५ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ७ सय ४३ वटा पशु चौपायको मृत्यु भएको छ । यस अवधिमा विपद्का घटनाबाट ४ हजार २ सय ३८ घर परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । साथै, बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्यसमेत प्रहरीले गरिरहेको छ ।