२९ असार २०८३, सोमबार

कांग्रेस-एमालेको गठबन्धन लामो समयसम्म टिक्छ : विमलेन्द्र निधी

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधीले कांग्रेस-एमालेको गठबन्धन लामो समयसम्म टिक्ने बताउनुभएको छ ।

जनकपुरधामको श्रीराम युवा कमिटीको नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै निधीले यो गठबन्धन लामो समयसम्म चल्ने र राजनीतिक स्थायित्व प्रदान गर्ने बताउनुभएको हो ।

नेता निधीले प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले संसदमै आफू २ वर्ष प्रधानमन्त्री र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिनुभएकाले पनि यो गठबन्धन लामो समयसम्म टिकाउ हुने उल्लेख गर्नुभयो ।

तत्काल गठबन्धनभित्र कुनै किसिमको असन्तुष्टी नरहेको र वर्तमान गठबन्धनले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने निधीको भनाई थियो ।