१९ असार २०८३, शुक्रबार

अल्फ्रेडले सेन्ट लुसियालाई दिलाइन् पहिलो ओलम्पिक पदक

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । सेन्ट लुसियाकी जुलियन अल्फ्रेडले जारी पेरिस ओलम्पिकको महिला १०० मिटरमा स्वर्ण पदक जितेकी छन् ।

अल्फ्रेडले १०० मिटरको दूरी १०.७२ सेकेन्डमा पार गर्दै स्वर्ण पदक जितेकी हुन् । उनले स्वर्ण पदकको प्रबल दाबेदार मानिएकी अमेरिकी धावक शाकारी रिचर्डसनलाई हराएकी थिइन् ।

अल्फ्रेडले सेन्ट लुसियालाई इतिहासमा पहिलो ओलम्पिक पदक दिलाएकी छन् ।

रिचर्डसनले १०.८७ सेकेन्डमा दूरी पार गरेर रजत पदक जितेकी छन् ।

त्यस्तै, अमेरिकाकै मेलिस्सा जेफर्सनले १०.९२ सेकेन्डमा सो दूरी पार गर्दै काश्य पदक जितेकी छन् ।