
काठमाडौं, २० साउन । जारी पेरिस ओलम्पिकको महिला फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।
गएराति सम्पन्न क्वाटरफाइनलका खेलहरु सकिएसँगै सेमिफाइनलको समीकरण पूरा भएको हो । क्वाटरफाइनलमा ब्राजिलले फ्रान्सलाई १-० गोल अन्तरले पराजित गरेको छ भने जर्मनीले क्यानडालाई पेनाल्टी सुट आउटमा ४-२ ले पराजित गरेको छ ।
त्यस्तै, स्पेनले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-२ अन्तरले पराजित गरेको थियो भने अमेरिकाले जापानलाई १-० गोल अन्तरले पराजित गरेको थियो । अब सेमिफाइनलमा अमेरिकाले जर्मनीको सामना गर्ने छ भने ब्राजिलले स्पेनको सामना गर्ने छ ।
सेमिफाइनलका खेलहरु आगामी मंगलबार हुने छन् ।








प्रतिक्रिया