२४ असार २०८३, बुधबार

खोलामा हामफाल्दा बेपत्ता भएका युवकको शव फेला

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, २० साउन । धनगढीमा खोलामा डुबेर शनिबार एक जना युवकको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–८ का २६ वर्षीय स्थानीय पङ्कज लाभको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक कार्कीकाअनुसार मृतक लाभ धनगढी–१ वसन्तटोल र वडा नं ८ धनगढीगाउँको बीचबाट बग्ने नवदुर्गा खोलामा हामफाली बेपत्ता भएको र खोजतलासका क्रममा दुई सय मिटर टाढा मृतावस्थामा फेला परेका थिए । निजको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।