१ असार २०८३, सोमबार

मर्दी बेसक्याम्पमा मानव अवशेष फेला

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, २० साउन । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित प्रख्यात मर्दी हिमाल आधार शिविर (बेसक्याम्प)मा मानव अवशेष फेला परेको छ ।

माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले स्थानीय पर्यटन व्यवसायीले शुक्रबार साँझ मानव अवशेष भेटिएको बारेमा शनिबार जानकारी गराएको बताउनुभयो । ‘स्थानीयले अवशेष देखेर खबर गर्नुभएको छ । भौगोलिक रूपमा अत्यन्त विकट भएकाले कसरी ल्याउने भन्नेबारेमा प्रहरी प्रशासन र गाउँपालिकासँग छलफल गरी राखेका छौँ ।’ वडाध्यक्ष क्षेत्रीले भन्नुभयो । अवशेषसँगै एउटा आइफोनसमेत भेटिएको उहाँले बताउनुभयो ।

भेटिएको अवशेष गत पुस १३ गते मर्दी पदयात्राका क्रममा हाइक्याम्पबाट हराएका स्वीडेनका नागरिक २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग हुनसक्ने आशङ्का गरिएको छ । पदमार्गको हाइ क्याम्पबाट मर्दी आधार शिविरतर्फ जानेक्रममा हराएका मिचलको त्यसबेला खोजी गरिए पनि फेला पर्न सकेका थिएनन् ।