३१ जेष्ठ २०८३, आइतबार

आश्माले जितिन् मिस नेपाल वर्ल्डको उपाधि

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको उपाधि जित्नुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा आश्माले मिस नेपाल वर्ल्डको उपाधि जित्नुभएको हो ।

त्यस्तै, मिस नेपाल अर्थ सुमना केसी बन्नुभएको छ भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पार्नुभएको छ ।

त्यस्तै, यस प्रतियोगितामा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्सको उपाधि कृति श्रेष्ठले जित्नुभएको छ।