२ असार २०८३, मंगलबार

दाङमा बेग्लाबेग्लै घटनामा २ जनाको मृत्यु

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १९ साउन । दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले तुलसीपुर उपमहानगरपालिका–११ पिरगाउँ निवासी ५० वर्षीय बालाराम ओलीको मृत्यु भएको हो ।

आज दिउँसो १ बजेतिर घर नजिकै रहेको बारीमा मोटर लगाउने क्रममा तार ‘सर्ट’ भई करेन्ट लागेर घाइते भएका थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी, शक्रबार बेलुका बाढीले अटोरिक्सा बगाउँदा बेपत्ता भएकी तुलसीपुर–४ निवासी ५५ वर्षीया सीता आले मृत भेटिनुभएको छ । उहाँको शव आज बिहान ग्वारखोलामा भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख ठाकुरप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

शुक्रबार राति सवा ८ बजेतिर तुलसीपुरबाट खाद्रे जाँदै गरेको अटोरिक्सालाई तुलसीपुर–४ स्थित बेचनी खोलाले बगाउँदा तुलसीपुर–४ खाद्रे निवासी ५५ वर्षीया सीता आले र सुर्खेत घर भई सोही ठाउँ बस्ने १६ वर्षीया मञ्जु खड्का खोलामा बेपत्ता हुनुभएको थियो । खड्कालाई भने अझै भेटाउन सकिएको छैन । अटोमा पाँच जना सवार हुनुहुन्थ्यो । चालक तुलसीपुर–४ खाद्रे निवासी ४५ वर्षीय हरिकिसन विक, ३३ वर्षीया सुनिता थापा र सात वर्षीय सुशान्त आले भने खोला तर्न सफल हुनुभएको थियो ।