
कपिलवस्तु, १९ साउन । स्व. वक्तावारीदेवी गोयल कल्याणकारी कोषले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवाको समन्वयमा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविर गरेको छ । कपिलवस्तुको कृष्णनगरस्थित लक्ष्मीनारायण मन्दिर धर्मशाला परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।
स्वास्थ्य शिविरमा कृष्णनगरलगायत आसपासबाट आएका करिब ४५० जना बिरामीहरुले आफ्नो स्वास्थ्य जाँच गराएका छन् ।
निःशुल्क स्वास्थ्य शिविरमा समान्य चिकित्सक, महिला रोग, हाडजोर्नी तथा नसारोग, बाल रोग, नाक कान घाँटी, रगत परीक्षण, अल्ट्रासाउन्ड परीक्षण, दाँत तथा गिजा रोग, इसीजी, छाला तथा यौन रोगलगायतका रोगहरुको निःशुल्क जाँच, परिक्षण तथा निःशुल्क औषधि वितरणसमेत गरिएको ट्रष्टका अध्यक्ष विश्वनाथ गोयलले बताउनुभयो ।
शिविरमा उपस्थित भई नाम लेखाएका तथा विभिन्न रोगहरुको जाँच गराएका बिरामीहरुले भदौ १७ गतेसम्म विभिन्न रोगको उपचारमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवाले विशेष छुट तथा सहुलियत दरमा बिरामी उपचारसमेत गर्ने ट्रस्टका अध्यक्ष गोयलले बताउनुभयो ।
यसअघिसमेत निःशुल्क स्वास्थ्य शिविर, राहात वितरण, शैक्षिक सामाग्री वितरण, वृक्षारोपणलगायत विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको स्व. वक्तावरीदेवी गोयल कल्याणकारी कोष गैरनाफामुलक सामाजिक संस्था हो ।









प्रतिक्रिया