३२ असार २०८३, बिहिबार

मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १९ साउन । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललाई यही साउन २१ गते सोमबार विश्वासको मत लिनुहुनेभएको छ ।

विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री कँडेलले आज प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराउनुभएको हो ।

कँडेलले प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । उहाँले यसअघि गत वैशाख १३ गते विश्वासको मत लिनुभएको थियो ।

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएको थियो । मुख्यमन्त्री कँडेललाई अहिले नेपाली कांग्रेसको समर्थन छ ।

मुख्यमन्त्री कँडेलले विश्वासको मतका लागि २१ मत प्राप्त गर्नुपर्छ । प्रदेश सभामा कँडेलको दल नेकपा (एमाले)का १० प्रदेश सदस्य छन् भने उहाँलाई समर्थन गर्ने दल नेपाली कांग्रेसका १४ प्रदेश सदस्य छन् ।

कुल ४० सदस्सीय रहेको कर्णाली प्रदेश सभामा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको एक/एक प्रदेश सभा सदस्य छन् ।