६ असार २०८३, शनिबार

चलचित्र काँडेतार राष्ट्रवादी धारमा बनेको छ : नेता रावल

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । चलचित्र काँडेतार पुनः प्रदर्शनमा आउने भएको छ ।

आज (शनिबार) काठमाडौंमा एक समारोहबीच निर्माण पक्षले चलचित्र पुनः हलमा ल्याउन लागेको जनाएको हो । अभिनेता नवल खड्काकै निर्देशन एवं शिवम अधिकारी र खड्काको लेखन रहेको काँडेतार सामना फिल्म्स् प्रालिको ब्यानरमा निर्माण गरिएको हो ।

काँडेतारमा खड्का, गौरव पहारी, रेविका गुरूङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, संजय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी र बाल कलाकारमा नादिया र सनया खड्कालगायतको अभिनय छ ।

यसैबीच, नेकपा (एमाले)का नेता भीम रावलले फिल्म राष्ट्रवादी धारमा निर्माण भएको बताउनुभएको छ । उहाँले चलचित्रले कतिपय कुराहरुलाई साङ्केतिक रुपमा सफलता पूर्वक प्रस्तुत गरेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘यो देशभक्तीपूर्ण चलचित्र निमार्णको लागि नवल खड्का र सम्पूर्ण टिमलाई बधाई दिन्छु । नेपाल कहिले कसैको अधिनमा रहेन । स्वतन्त्र नेपाल अन्तर्राष्ट्रिय कानून बमोजिम सिमानालाई नियमन गर्नुपर्ने हो त्यो गर्न सकिएको छैन । चलचित्रले कतिपय कुराहरुलाई साङ्केतिक, प्रतिकारका रुपमा सफलतापूर्वक प्रस्तुत गरेको छ । सिमानामा काँडेतारको अर्थ देशको सार्वभौमसत्ता र क्षेत्रिय अखण्डता नमिचियोस् भन्ने हो ।’

उहाँले देशभक्ति नेपालीहरुले आफ्नो सार्वभौमसत्ताको लागि आवाज उठाउन तत्पर हुनुपर्ने छ भन्ने सन्देश चलचित्रले दिएको बताउनुभयो ।