
काठमाडौं, १९ साउन । सभामुख देवराज घिमिरेले तिलगंगा नेत्र विश्व विद्यालयको विधेयक आउँदो संसदको अधिवेशनमा पारित गर्नेगरी तयारी गरिरहेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित पुस्तक विमोचन तथा अभिनन्दन कार्यक्रममा उहाँले विधेयक पास भए कानूनी रुपमा भइरहेको समस्याहरु हट्ने विश्वास व्यक्त गर्नुभयो । विश्वविद्यालय बनाइ सकेपछि नेपाललाई आँखा अनुसन्धानका लागि काम गर्ने अवसर प्राप्त हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘तिलगंगा नेत्र विश्व विद्यालयको लागि कानून बनाउनुपर्ने भएकाले विधेयक छिटो पास गर्नपर्ने अवस्था छ । विधेयक राष्ट्रिय सभाबाट स्वीकृत भएर समितिमा गएको छ । समितिबाट पनि पास भयो भने कानूनी रुपमा भइरहेको असजिलालाई हटनेछ । विश्वविद्यालय बनेपछि आँखा सम्बन्धी अनुसन्धानको काम गर्न धेरै अवसर प्राप्त हुन्छ ।’ यसको साथै, उहाँले ताप्लेजुङ जिल्लाको जनजाती, आदिवासी र संस्कृतीहरुको विकास गरेर देशको एउटा आकर्षणको केन्द्र बनाउन सक्ने धेरै आधारहरु भएको भन्दै त्यो दिशामा सबैको क्षेत्रको भूमिका आवश्यक हुने बताउनुभयो ।








प्रतिक्रिया