३० जेष्ठ २०८३, शनिबार

केपी ओली नेतृत्वको सरकारले राष्ट्र र जनताको हितमा सामर्थ्यका साथ काम गर्छ : महेश बर्तौला

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले केपी ओली नेतृत्वको सरकारले राष्ट्र र जनताको हितमा सामर्थ्यका साथ काम गर्ने बताउनुभएको छ ।

आज काठमाडौंमा भएको एमाले थाहा-काठमाडौं सम्पर्क मञ्चको दोस्रो भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले ओली सरकार आफ्नो पूर्ण सामर्थ्यका साथ जनताको हितमा काम गर्ने बताउनुभएको हो । उहाँले अहिलेको समीकरणको सरकारले नै गणतन्त्रलाई केन्द्रमा राखेर संविधान संशोधन गर्ने पनि बताउनुभयो ।

बर्तौलाले भन्नुभयो, ‘२०७४ सालको आम निर्वाचनपछि चालू खर्च बढेर आयो । यो कसरी घटाउने भनेर सोच्ने बेला आयो । वडा सदस्यदेखि संघीय सांसदसम्मको जनप्रतिनिधिहरु सडक, बाटो पुल भनेर हिँडेका छन् । कानून कसले बनाउने ? विकास कसले गर्ने ? सेवा प्रवाह कसले गर्ने भन्ने अन्योल रहेको छ । स्थानीय सरकारलाई दैलोदैलोमा सेवा प्रवाहमा लगाउनुपर्छ । प्रदेश सरकारलाई विकासको कामको जिम्मा दिनुपर्छ तर मन्त्रिमण्डल भने कम गराउनु पर्छ र संघीय जनप्रतिनिधिहरुलाई पूर्ण रुपमा कानून निर्माणमा लगाउनु पर्छ ।’

एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका बर्तौलाले एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले काम गरिरहेको पनि उल्लेख गर्नुभयो ।

यसैगरी, उहाँले थानकोट-चित्लाङ सडकको विषयमा भन्नुभयो, ‘निर्वाचनमा घर दैलो गर्दा थाहाको जनताको एउटै माग थ्यो- थानकोट-चित्लाङ सडक । म निर्वाचित भएयता थप सुदृढिकरण भइसकेको छ । गएको आर्थिक वर्षमा ८ करोडको बहुवर्षीय ठेक्का लगाएका छौँ । अहिले पनि ४ करोड ३६ लाख बजेट छुट्टिएको छ । म यसलाई पनि बहुवर्षीय ठेक्का लगाउन पहल गर्छु र मेरो कार्यकालमा यो सडकको कालोपत्रे पूर्ण रुपमै टुंगाएरै छोड्छु ।’