२१ जेष्ठ २०८३, बिहिबार

‘किताब जात्रा’ समापन हुँदै, पठन संस्कृति बढ्दै गएको निष्कर्ष

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । किताब यात्रा फाउन्डेसनले आयोजना गरेको ‘किताब जात्रा’ शनिबार सकिँदैछ । ‘किताब जात्रा’ को छैटौं संस्करण सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा शुक्रबारदेखि सुरू भएको थियो ।

जात्रामा साहित्यका अतिरिक्त आर्थिक, सामाजिक, कलालगायत क्षेत्रका समसामयिक विमर्श सञ्चालन भएको छ । पुस्तक मेलामा पुस्तक स्टल राखेर बसेका लेखक मनिश्री धितालले प्रविधिको समयमा पनि किताबहरु पढ्ने धेरै मानिस रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले प्रविधिको समयमा यस्तो किताबहरुको केही अर्थ होला की नहोला भन्ने पनि छ । तर हाम्रो पुस्ता अझै पनि किताबहरुमा व्यस्त हुनसक्छ ।’

यस्तै, पुस्तक किन्न आउने अशोककुमार पाठकले पनि पुस्तक पढ्नुको अनुभव छुट्टै भएको भन्दै पुस्तक पढ्दा समाजमा गहिरो अध्ययन, चिन्तन, कल्पना गर्ने संस्कृतीको विकास हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘किताब पढ्ने संस्कृती घटेको छैन् । साहित्यका चलनचल्तीका किताबहरु पनि पढ्ने गरेका छन् । पुस्तक पढ्नुको अनुभव छुट्टै हुन्छ । समाजमा गहिरो अध्ययन, चिन्तन, कल्पना गर्ने र अन्तरक्रिया गर्ने संस्कृती बसायो भने लोकतन्त्र र सबैको विचारलाई सम्मान गर्न सक्छौँ ।’

किताब जात्रामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिसहितको ‘प्रेम साहित्य सम्मान’ पनि घोषणा गरिएको छ । सर्लाहीका शिक्षासेवी स्व.प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको सम्मान हरेक वर्ष नेपाली साहित्य र वाङ्मयमा विशिष्ट योगदान दिने स्रष्टालाई प्रदान गरिन्छ । गत वर्ष साहित्यकार ध्रुवचन्द्र गौतमलाई यो सम्मान प्रदान गरिएको थियो ।