
काठमाडौं, १९ साउन । नेकपा (एमाले) सञ्चार इलाका कमिटीको नवौं अधिवेशन सम्पन्न भएको छ ।
एमाले पोलिटव्यूरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटी इन्चार्ज सुजिता शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले पत्रकार तथा सम्पादक दीपक रिजालको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको छ ।
अधिवेशनमा एमाले केन्द्रीय सदस्य तथा पेशागत विशेष जिल्ला कमिटी इन्चार्ज विना श्रेष्ठ, उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुली, पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्ट, पेशागत विशेष जिल्ला कमिटी अध्यक्ष मोहन पराजुलीलगायत नेताहरूले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।
अधिवेशनमा सञ्चार इलाका कमिटीको महत्व, परिवर्तनका लागि विगतमा यस कमिटीले निर्वाह गरेको भूमिका र वर्तमानमा यस कमिटीलाई विस्तार गर्दै प्रभावकारी बनाउने सन्दर्भमा रहेका समस्याका बारेमा छलफल भएको थियो ।










प्रतिक्रिया