२७ जेष्ठ २०८३, बुधबार

भारतका चर्चित कथावाचक अनिरुद्धाचार्य पशुपति कोटिहोममा

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । भारतका सुप्रसिद्ध कथावाचक अनिरुद्धाचार्य जी महाराज काठमाडौं आइपुग्नुभएको छ ।

नेपालको इतिहासमा हालसम्मको ठूलो ऐतिहासिक मानिएको पशुपति कोटिहोम महायज्ञमा सहभागि हुन् कथावाचक अनिरुद्धाचार्य जी महाराज शनिबार बिहान त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो ।

वाचक अनिरुद्धाचार्यले शनिबार दिउँसो पशुपतिनाथ मन्दिरको दर्शनसँगै पशुपति कोटिहोम महायज्ञमा आर्शिवचन पनि राख्नुहुनेछ । उहाँ सपरिवारसहित नेपाल आएको र कथा प्रवचन गर्ने कार्यक्रम रहेको महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजयकृष्ण मूर्ती जी महाराजले बताउनुभयो ।

भारतको मध्यप्रदेशमा जन्मिनुभएका अनिरुद्धाचार्य महाराज कथा प्रवचनको क्षेत्रमा निकै लोकप्रिय वाचकअन्तर्गत पर्नुहुन्छ । उहाँको प्रवचनमा सुन्न हरेक कार्यक्रममा लाखौं भक्तजनहरुको सहभागिता हुने गरेको छ ।

डेढ घण्टाको प्रवचन दिएर अनिरुद्धाचार्य भारत प्रस्थान गर्ने कार्यसूची छ ।