२८ असार २०८३, आइतबार

सुविधा सम्पन्न क्रिकेट रंगशाला बनाएरै छाड्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सुविधा सम्पन्न क्रिकेट रंगशाला बनाउने प्रतिबद्धता दोहोर्‍याउनु भएको छ । सामाजिक सञ्जालमा आफूलाई गतिलो रंगशाला बनाउनु पर्‍यो भन्ने सुझाव लगातार आइरहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले सरकारको पहिलो निर्णय नै सुविधा सम्पन्न रंगशाला बनाउने रहेको स्मरण गराउनुभयो ।

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द तथा सचिव पारस खड्कालगायतसँगको बालुवाटारमा खिचेको फोटो फेसबुकमा सार्वजनिक गर्नुहुँदै उहाँले सामाजिक सञ्जालमा आफूलाई गतिलो रंगशाला बनाउनु पर्‍यो भन्ने सुझाव सबैभन्दा बढी आएको उल्लेख गर्नुभएको छ ।

‘सामाजिक सञ्जालमा मलाई एउटा गतिलो रंगशाला बनाउनु पर्‍यो भन्ने सुझाव सबैभन्दा धेरै आएको छ, यो सरकारको पहिलो निर्णय नै सुविधा सम्पन्न रंगशाला बनाउने छ, क्यानका चतुरबहादुर चन्द र पारस खड्कालगायतका साथीहरूसँग बालुवाटारमा ।’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेख्नुभएको छ ।