शुक्रबार, ४ असोज २०८१
DainikNepal.com
शुक्रबार, ४ असोज २०८१

किमको चाहना- ट्रम्प अमेरिकाको राष्ट्रपति बन्नुपर्छ !

दैनिक नेपाल २०८१ साउन १९ गते ११:५०

काठमाडौं, १९ साउन । उत्तर कोरियाबाट भागेका एक वरिष्ठ अधिकारीले किम जोङ उन डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न चाहेको बताउनुभएको छ । रि इल क्यू सन् २०१६ यता उत्तर कोरियाबाट भाग्ने उच्च पदस्थ अधिकारी हुनुहुन्छ । रि इल क्यु सात पटक किम जोङ उनसँग आमनेसामने भइसकेका अधिकारी हुनुहुन्छ ।

दक्षिण कोरिया भाग्नुअघि रि इल क्युबामा उत्तर कोरियाका लागि काम गर्दै आउनुभएको थियो । रिल इल क्युले बीबीसीसँगको कुराकानीमा किम सामान्य व्यक्ति जस्तै देखिन्छन् तर आफ्नो बाँच्नको लागि उहँले जे पनि गर्न सक्छ भन्नेमा कुनै शंका नरहेको बताउनुभएको छ ।

रि इल क्युले ट्रम्प र किम जोङ उनबीच २०१९ मा वार्ता सकिएपछि पनि उत्तर कोरियाले परमाणु कार्यक्रममा डोनाल्ड ट्रम्पसँग वार्ता गर्न सक्छ भन्ने महसुस गरेको बताउनुभएको छ ।

डोनाल्ड ट्रम्पले यसअघि नै किम जोङ उनसँगको सम्बन्धलाई आफ्नो राष्ट्रपतिको महत्वपूर्ण उपलब्धिको रुपमा व्याख्या गरिसक्नुभएको छ । गत महिना एक र्‍यालीमा डोनाल्ड ट्रम्पले किमले आफूलाई राष्ट्रपति कार्यालयमा फेरि भेट्न चाहेको बताउनुभएको थियो । ट्रम्पले भन्नुभएको थियो, ‘मलाई लाग्छ किम जोङ उनले मलाई याद गर्छन् ।’

रि इल क्युले उत्तर कोरियाले ट्रम्पसँगको राम्रो सम्बन्धको फाइदा उठाउन चाहेको बताउनुभएको छ । तर, गत महिना उत्तर कोरियाले अमेरिकाको राष्ट्रपति को बन्ने भन्ने कुराले फरक नपर्ने बताएको थियो ।

रिले उत्तर कोरियाले आफ्ना आणविक हतियारलाई कहिल्यै नष्ट नगर्ने बताउनुभएको छ । बरु, उसले आफूमाथि लगाइएको प्रतिबन्ध हटाउने बदलामा आफ्नो आणविक कार्यक्रम रोक्ने सम्झौतामा पुग्ने प्रयास गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित