
काठमाडौं, १९ साउन । वर्षाका कारण पहिरो जाँदा काठमाडौं–हेटौंडा जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध भएको छ ।
शनिबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका-८ महादेवटार सडकखण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय ठिंगनले जनाएको छ ।
सडकको अवरोध हटाउन सडक विभाग र फास्ट ट्र्याक निर्माण आयोजनासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया