२७ जेष्ठ २०८३, बुधबार

एकदिवसीय सिरिज : भारत र श्रीलंकाको रोमाञ्चक बराबरी

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । भारत र श्रीलंकाबीचको एकदिवसीय सिरिजको पहिलो खेल टाई भएको छ । शुक्रबार सम्पन्न भारत र श्रीलंकाबीचको एकदिवसीय सिरिजको पहिलो खेल टाई भएको हो ।

श्रीलंकाले दिएको २३१ रनको लक्ष्य पछ्याएको भारतले ४७.५ ओभरमा अलआउट हुँदै २३० रन नै बनाएपछि खेल टाई भएको हो । जितको नजिक पुगेको भारतले ४८ ओभरका पछिल्ला दुई बलमा २ विकेट गुमाएपछि खेल टाई भएको हो ।

भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५८ रन बनाएका थिए भने अक्सर पटेलले ३३, केएल राहुलले ३१, शिभम दुवेले २५, विराट कोहलीले २४ र श्रेयस अय्यरले २३ रनको योगदान दिएका थिए ।

त्यस्तै, श्रीलंकाका बलर वानिन्दु हसरंगा र चरिथ असलंकाले ३/३ विकेट लिए भने दुनिथ वेल्लालागेले २ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाएर २३० रन बनाएको थियो ।

श्रीलंकाका लागि दुनिथ वेल्लालागेले सर्वाधिक ६७ रन बनाएका थिए भने पाथुम निसान्काले ५६ रन बनाएका थिए । वानिन्दु हसरंगाले २४, जनिथ लियानागेले २० रन बनाएका थिए ।

त्यसैगरी, अकिला धनन्जयले १७ तथा कुसल मेन्डिस र कप्तान चरिथ असलंकाले १४/१४ रन बनाएका थिए ।

त्यसैगरी, भारतीय बलर अर्शदीप सिंह र अक्सर पटेलले २/२ विकेट लिएका थिए । मोहमद सिराज, शिभम दुवे, कुलदीप यादव र वाशिंगटन सुन्दरले एकएक विकेट लिएका थिए ।

यो खेल टाई भएपछि अब सिरिजको दोस्रो खेल आइतबार हुने छ ।