
महोत्तरी, १९ साउन । महोत्तरीमा विद्युत प्राधिकरणले पटक-पटक लाइन काटेपछि आन्दोलित भएका छन् । पटक-पटक लाइन काट्ने र लाइन दिएतापनि कम भोल्टेज दिँदा व्यवसाय सञ्चालनमा कठिनायी भएको भन्दै शुक्रबार उनीहरुले पूर्वपश्चिम राजमार्गमा १ घण्टा चक्काजाम गरेका हुन् ।
स्थानीयकोसमेत सहभागीतामा भएको चक्काजाममा विद्युत प्राधिकरणले नियतवस लाइन अवरुद्ध बनाएपछि पारम्भिक चरणमा चक्काजाम गर्न बाध्य भएको व्यापारीहरुले बताए । व्यापारीहरुले शनिबार यो विषयमा उद्योग वाणिज्य संघ बर्दिवाससगँ पनि छलफल गर्ने भएका छन् । छलफलपछि उपयुक्त निष्कर्ष ननिस्किएमा समस्या समधान नभएसम्म चरणबद्व आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने स्थानिय व्यवसायी विनोद भण्डारीले बताउनुभयो ।
व्यापारीहरुको मागमा ऐक्यबद्धता जनाएको बताउदै उधोग वाणिज्य संघ बर्दिवासका अध्यक्ष विष्णु खड्काले यस्को सावधानको लागि उपयुक्त पहल गर्ने प्रतिवद्वता जनाउनुभएको छ ।
यता, विद्युत प्राधिकरण औरही प्रशारणका कार्यालय प्रमुख जवननाथ झाले हावाहुरीका कारण विद्युत अवरुद्ध भएको बताउनुभयो । ‘नियतवसः हामीले लाइन काटेका हैनौँ । ढल्केवर प्रशारण लाइनबाट पूर्णरुपमा विस्थापन गरेर औरही प्रशारणको लागि काम गरिरहेका छौँ ।’ प्रमुख झाले भन्नुभयो, ‘हामी सर्वसाधारण र व्यापारीहरुको गुनासोमा गम्भीर छौँ ।’
विद्युत प्राधिकरणका तर्फबाट कुनै लोडसेडिङ नभएको पनि उहाँले प्रष्ट बनाउनुभयो ।








प्रतिक्रिया