६ असार २०८३, शनिबार

बाढीले अटोरिक्सा बगायो, चालक बेपत्ता

4.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १९ साउन । दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले गएराति अटोरिक्सा बगाएको छ ।

बाढीले तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा१स २३५७ नम्बरको अटोरिक्सा बगाउँदा तुलसीपुर–७ प्रसेनीका घर भएका चालक २२ वर्षीय दुर्गा पुन बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

बेपत्ता चालक पुनको खोजी भइरहेको प्रहरीले जनाएको छ । अत्यधिक वर्षाका कारण कालाखोलामा बाढी सडकमाथि भएर बगेको छ ।