१७ असार २०८३, बुधबार

एमालेका स्थायी कमिटी सदस्य मणि थापा पदमुक्त

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य मणि थापा पदमुक्त हुनुभएको छ ।

उहाँलाई एमालेले स्थायी कमिटी सदस्यबाट हटाएको हो । उहाँ लामो समयदेखि एमालेमा निष्क्रिय रहँदै आउनु भएको थियो ।

उहाँको स्थानमा हिजोको सचिवालय बैठकबाट स्थायी कमिटी सदस्य मनोनित गरेसँगै उहाँलाई पदमुक्त गरिएको हो । सचिवालय बैठकले दुई रिक्त सदस्यमा मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई मनोनीत गरेको हो ।

माओवादीबाट एमालेमा आउनुभएका थापा निर्वाचन अघिदेखि नै निष्क्रिय बस्दै आउनु भएको थियो ।