८ असार २०८३, सोमबार

यी हुन् कर्णाली सरकारमा सहभागी हुने काँग्रेसका चारजना मन्त्री

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । नेपाली काँग्रेस पनि नेकपा (एमाले) का यामलाल कँडेल नेतृत्वको कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

कांग्रेस कर्णाली प्रदेश सभा संसदीय दलले सरकारमा सहभागी हुने चारजना मन्त्रीको नाम टुंग्याएको हो ।

जसअनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजिवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत मन्त्रालयमा विजया बुढाको नाम मुख्यमन्त्री कँडेललाई पठाइएको हो ।