२१ जेष्ठ २०८३, बिहिबार

‘द अस्कर अवार्ड’ मा नेपाली चलचित्रको लागि आवेदन खुला

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेस्ले ९७औँ एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) मा ‘विदेशी भाषी चलचित्र’ विधामा नेपाली चलचित्रको लागि आवेदन खुलाइएको छ ।

मार्च २ तारिख आइतबारका दिन आयोजना हुने उक्त अवार्डको प्रतियोगितामा नेपाली चलचित्रलाई सहभागी गराउन ‘विदेशी भाषी चलचित्र छनोट समिति (नेपाल)’ लाई एकेडेमीद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा उत्कृष्ट चलचित्र छनोट गरी सो प्रतियोगितामा प्रतिस्पर्धी चलचित्रका रूपमा सिफारिस गरी जानकारी गराउन द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेसबाट अनुरोध पत्र प्राप्त भएकाले ९७औँ अस्कर अवार्ड प्रतियोगितामा सामेल हुन चाहने सबै नेपाली चलचित्र निर्देशक र निर्माताहरूलाई यस समितिको सचिवालयमा दर्ता गराउन आह्वान गरिएको हो ।

९७औँ एकेडेमी अवार्डको प्रतिस्पर्धामा भाग लिन नोभेम्बर १, २०२३ (२०८० कार्तिक १५) देखि सेप्टेम्बर ३०, २०२४ (२०८१ असोज १४) सम्म सार्वजनिक प्रदर्शन गरिएका चलचित्रहरू योग्य हुनेछन् । २०२४ सेप्टेम्बर १२ तारिख अर्थात्मिति २०८१ भाद्र २७गते दिनको ५ बजेभित्र यस समितिको सचिवालयमा दर्ता गराउनु पर्नेछ ।

दरखास्तका साथमा सेन्सर गरिएको प्रमाणपत्र, हलमा रिलिज नभएर लाइसेन्स प्राप्त ओटीटीमा रिलिज भएको हो भने सोको प्रमाणपत्र, ३५ एमएम वा ७० एमएमको भिडियो वा २४–४८ फ्रेममा प्याकेज गरिएको भिडियो, २०४८ देखि १०८० पिक्सेलसम्म प्रोजेक्टर रेजुल्युसन भएको भिडियो, ५.१ ऋथवा ७.१ म उपलब्ध अडियो, निर्देशक, निर्माता, कलाकार आदिका साथै सबै प्राविधिकहरूको नामावली (क्रेडिट टाइटल्स् सिनेमामा देखाइएको क्रममा), अंग्रेजी भाषामा सबटाइटल, अंग्रेजी भाषामा लेखिएको चलचित्रको संक्षिप्त सारांश, निर्देशकको फिल्मोग्राफी र फोटो, सम्बन्धित चलचित्रका ३ देखि ५ वटा स्थिर फोटाहरू, चलचित्र रिलिज हुँदाको एउटा पोस्टर चलचित्र प्रदर्शन गराउँदा उक्त चलचित्र सात दिनभन्दा बढी चलचित्र घरमा सार्वजनिक प्रदर्शन भएको प्रमाणित गर्ने समाचार तथा सञ्चार माध्यमहरूमा छापिएका विज्ञापनका कटिङहरू लगायतका उल्लेखित सम्पूर्ण विवरणहरू डिजिटल कपीमा समेत उपलब्ध गराउनु पर्ने एकेडेमी अवार्डस् (द अस्कर), विदेशी भाषी चलचित्र छनोट समिति (नेपाल), काठमाडौंले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ।

९७औँ एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्)को लागि विदेशी भाषी चलचित्र छनोट समिति (नेपाल)’ मा फिल्ममेकर राजु केसीको अध्यक्षतामा पाँचजना सदस्यहरू छायाँकार मञ्जु कुमार श्रेष्ठ, फिल्म मेकर तथा फोटोग्राफर गौतम धिमाल, पत्रकार तथा लेखक जीवन पराजुली, फिल्म मेकर तथा कलाकार टोपेन्द्र बिस्ट तथा सचिव प्रोडक्सन डिजाइनर ऋतिका भट्टराई रहनु भएको छ ।\

विदेशी भाषी चलचित्र छनोट समितिका अध्यक्ष सहित सदस्यहरूले छ वर्ष (लगातार वा सञ्चयी) सेवा गर्न सक्छन् । ६ वर्षपछि पुनः समितिमा रहनको लागि अनिवार्य दुई वर्षको अन्तराल लिनुपर्ने हुन्छ ।