
काठमाडौं, १८ साउन । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।
सार्वजनिक नतिजा अनुसार एक लाख ८७ हजार २१ जना विद्यार्थी अनुत्तीर्ण हुनुभएको छ । परीक्षामा सहभागी नियमति तर्फ ३ लाख ९० हजार ८६८ जना विद्यार्थीमध्ये एक लाख ८७ हजार २१ जना विद्यार्थी अनुत्तीर्ण हुनुभएको हो ।
यस्तै, २ लाख ३ हजार ८४७ जना विद्यार्थी उत्तीर्ण हुन सफल हुनुभएको हो । त्यस्तै ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ५९१ रहेका छन् भने १०२ जनाको परीक्षा रद्ध भएको परीक्षा बोर्डले जनाएको छ ।








प्रतिक्रिया