२४ जेष्ठ २०८३, आइतबार

सामाखुसीको सिटी स्क्वायर मलमा क्यूएफएक्सको नयाँ हल

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । काठमाडौंको सामाखुसीमा रहेको सिटी स्क्वायर मलमा क्यूएफएक्स चेनको अर्को हल खुलेको छ । अभिनेता दीपकराज गिरी, किरण केसी, रमेश उप्रेती, जीतु नेपाल, निर्मल शर्मा, गायक प्रकाश सपूत र अभिनेत्री नीति शाहले संयुक्त रुपमा सिनेमा हलको उद्घाटन गर्नुभएको हो ।

तीन वटा पर्दा रहेको सुविधा सम्पन्न हलमा ४ सय ९७ दर्शकले एक साथ सिनेमा हेर्न सक्छन । सिटी स्क्वायर मलको नौँ तल्लामा खुलेको हलको ११औँ र १२औँ तल्लामा दर्शकलाई रिफ्रेसमेन्ट गर्नु परेको खण्डमा कसमी बार एण्ड लाउन्जसमेत सञ्चालनमा ल्याइएको छ भने हरेक पर्दामा सोफा सेटसहित सुतेरसमेत सिनेमा हेर्ने सिटहरु जडान गरिएको छ ।

हलका सबै थिएटरमा पिक्चर र साउन्ड क्वालिटीलाई उच्च प्राथमिकतामा राख्दै एसियाकै सर्वोत्केष्ट साउन्ड एरोम्याक्स वाई बार्को र दक्षिण एसियाकै सिरिज फोर बार्को लेजर प्रोजेक्सन प्रविधि जडान गरिएको सञ्चालक सुमित मैनालीले दाबी गर्नुभएको छ ।

कार्यक्रममा हल उद्घाटन गर्न पुगेका कलाकर्मीहरुले पनि साउन्ड क्वालिटी र प्रोजेक्सनको खुलेर तारिफसमेत गरेका थिए ।

करिब १८ करोडको लागतमा निर्माणमा ल्याइएको यो सिनेमा हललाई नेपालकै अग्रडी मल्टीप्लेक्स चेन क्यूएफएक्स ब्रान्डले व्यवस्थापनको जिम्मेवारी लिँदै देशभर आफ्नो हल संख्या १७ वटा पुर्‍याएको छ ।

सामाखुसीलाई सेन्ट्रल बनाएर हेर्दा यो हलमा सिनेमा हेर्नका लागि टोखा, गंगबु, बुढानिलकण्ठ तथा नारायणगोपाल चोकका दर्शकलाई पायक पर्ने क्यूएफएक्सले दाबी पनि गरेको छ ।