७ असार २०८३, आइतबार

फिल्म ‘सतीदेवी’को ट्रेलर सार्वजनिक

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । आगामी भदौ ७ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘सतीदेवी’को ट्रेलर सार्वजनिक गरिएको छ ।

बिहीबार सार्वजनिक ट्रेलरले अंश र वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई प्रश्न गर्दै छोरीले पनि आफ्नो कर्तव्य निभाउन सक्छन् भन्ने विषयलाई देखाएको छ । यो फिल्ममा प्रमुख भूमिकामा रहनुभएकी अभिनेत्री मलिका महतलाई नै ट्रेलरमा केन्द्रमा राखिएको छ ।

निर्देशक लक्ष्मण सुवेदीकै लेखन रहेको फिल्ममा मलिकासँगै रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सृजना अधिकारी, सन्दीपबाबु लोहनी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठलगायतको पनि अभिनय छ ।