१९ असार २०८३, शुक्रबार

प्रवासी श्रमिकहरूको समस्याबारेमा प्रमुख तीन दलका नेताहरूबीच छलफल

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । आप्रवासी श्रमिकको रूपमा विभिन्न मुलुकमा पुगेका नेपालीहरूको समस्याबारेमा तीन प्रमुख दलका नेताहरूबीच छलफल भएको छ ।

नेपाली कांग्रेसका नेता धनराज गुरुङ, नेकपा (एमाले)का नेता डा. राजन भट्टराई र नेकपा (माओवादी केन्द्र)की नेता पम्फा भुसालले छलफल गर्नुभएको हो । मुख्यतया नेपाली श्रमिकहरुको समस्या र त्यसको समाधानबारे छलफल भएको हो । विशेषगरी खाडी मुलुकहरु र मलेसिया, कोरिया, जापानलगायतका देशहरुमा रहेका नेपाली श्रमिकहरुको अवस्थाबारे छलफल भएको भट्टराईले बताउनुभयो ।

‘आजको बसाइँमा प्रवासमा रहेका विशेष गरी खाडी मुलुकहरू र मलेसिया, कोरिया, जापान लगायतका देशमा रहेका श्रमिकहरूका समस्याहरू र तिनको समाधानका लागि राज्य तर्फबाट के कस्ता नीतिगत र कार्यक्रमिक सुधारहरू गर्नुपर्ने हुन सक्छन् यिनै विषयमा केन्द्रित रहेर छलफल गरियो ।’ नेता भट्टराईले भन्नुभयो, ‘यस खालको छलफललाई निरन्तरता दिने र आवश्यक पर्दा अन्य सरोकारवाला र विज्ञहरूसँग समेत सामूहिक छलफल अगाडि बढाउने र छिटो भन्दा छिटो समस्या समाधान गर्न सम्माननीय प्रधानमन्त्री, माननीय मन्त्रीहरूलाई विषयहरू अवगत गराई समाधानका लागि सामूहिक प्रयास गर्ने प्रतिबद्धता साथ उठियो ।’