३१ जेष्ठ २०८३, आइतबार

तीन वटा संसदीय समितिको बैठक बस्दै

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । संघीय संसद्अन्तर्गत शुक्रबार तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।

संघीय संसद् सचिवालयकाअनुसार आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । अर्थ समितिमा आज राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा अर्थमन्त्रीसँग छलफल गरिने छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ः३० बजे सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्नेछ । बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ता सांसदहरुसँग छलफल गरिने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

त्यसैगरी, बिहान ११ बजेका लागि बोलाइएको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको गत आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।