२९ जेष्ठ २०८३, शुक्रबार

रास्वपाले निर्वाचन आयोगलाई दियो मुकुल ढकाललाई कारबाही गरेको जानकारी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीले मुकुल ढकाललाई कारबाही गरेको आधिकारी जानकारी निर्वाचन आयोगलाई गराएको छ । आज रास्वपाले केन्द्रीय समिति हेरफेर गरेको विवरण आयोगलाई बुझाएको हो ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम राजनैतिक दल सम्बन्धी विवरण हेरफेरको जानकारी ३० दिन भित्र निर्वाचन आयोगलाई बुझाउनु पर्ने ब्यवस्था भए बमोजिम रास्वपाले एक महिना पुग्नु अगावै विवरण हेरफेरको जानकारी दिएको हो।

गत असार १९ गते महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट डा मुकुल ढकाललाई निलम्बन गरेको रास्वपाको असार २५ गते बसेको केन्द्रीय समितिको बैठकले अनुशासनात्मक कारबाही गर्दै उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिको सदस्य समेतको जिम्मेवारीबाट पदमुक्त गरेको थियो।

उक्त निर्णय भएपछिको अद्यावधिक विवरण बिहीबार निर्वाचन आयोगमा बुझाइएको रास्वपाले जनाएको छ। रास्वपाले रिक्त महामन्त्रीको पदको जिम्मेवारी कार्यवाहक महामन्त्रीको रुपमा सहमहामन्त्री एवं सङ्गठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीलाई दिएको छ भने रिक्त प्रवक्ताको जिम्मेवारी कार्यवाहक प्रवक्ताको रुपमा सहप्रवक्ता एवं सांसद मनिष झालाई दिएको छ।