
काठमाडौं, १७ साउन । नेपालले काठमाडौँमा आजदेखि शुरु भएको काभा वुमन्स नेसन्स भलिबल लिगमा विजयी सुरूवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
नेपालले पहिलो सेट २५–१९ ले जितेको थियो भने त्यसपछिका दुई सेट समान २५–१८ ले जितेको थियो ।
नेपालले अब अर्को खेल शनिबार भारतको सामना गर्ने छ । यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ । त्यस्तै नेपालले आफ्नो तेस्रो खेल आइतबार साँझ ५:१५ बजेदेखि इरानसँग खेल्ने छ ।
त्यस्तै नेपालले आफ्नो लिगचरणको अन्तिम खेल सोमबार ५:१५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ ।









प्रतिक्रिया