१६ असार २०८३, मंगलबार

एमालेले तोक्यो सातै प्रदेशमा इन्चार्ज, बागमतीमा राजन भट्टराई

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । नेकपा (एमाले) ले सातै प्रदेशमा इन्चार्ज तोकेको छ । एमालेको आज काठमाडौंको बसेरा होटलमा बसेको सचिवालय बैठकले सातै प्रदेशमा इन्चार्ज तोकेको हो ।

एमालेले कोशी प्रदेशमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराईलाई इन्चार्ज बनाएको छ ।

त्यस्तै, गण्डकी प्रदेशमा किरण गुरूङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिनु भएको हो ।