
काठमाडौं, १७ साउन । काठमाडौंमा भएको सौर्य एयरको विमान दुर्घटनामा परेर बाँच्न सफल भएका पाइलट मनिषरत्न शाक्य अस्पतालबाट आज डिस्चार्ज हुनुहुने भएको छ ।
गत साउन ९ गतेदेखि उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भईरहेको थियो । उहाँको स्वास्थ्य अवस्था हाल सामान्य रहेको अस्पतालले जनाएको छ ।
काठमाडौंबाट आफ्नै कर्मचारी लिएर पोखरा जान लागेको सो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना भएको थियो । विमान दुर्घटना हुँदा जहाजमा सवार १९ मध्ये १८ जनाको निधन भएको थियो ।








प्रतिक्रिया