२४ जेष्ठ २०८३, आइतबार

लोकतन्त्रमा कसैका चाहनाले मुद्दा चल्दैन : गृहमन्त्री लेखक

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभुत तत्व मध्ये विधिको शासन एउटा तत्व भएको बताउनु भएको छ ।

बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘सुशासन प्रवर्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता’  विषयक छलफलमा बोल्दै गृहमन्त्री लेखकले विभिन्न प्रकरणमा फाइल खोल्ने विषयमा सांसदहरुले राखेको जिज्ञासापछि लोकतन्त्रमा कानून बेगर मुद्दा चल्न नसक्ने बताउनु भएको हो ।

‘फाइल खोल्ने भन्या के हो रु मुद्दा चलाउने भन्या होला नी, लोकतन्त्रमा मुद्दा कानून बेगर चल्छ ? रहरमा मुद्दामा चल्दैन, कसैका चाहनाले मुद्दा चल्दैन, कानून बमोजिम चल्छ भन्ने मेरो आग्रह छ,’ उहाँले भन्नुभयो ‘कुनै मुद्दा चलेको छ भने छट्न पनि कानून बमोजिम छुट्छन् । भन्ने मेरो आधारभुत मान्यता हो ।,’

सदाचार मानिसले आफ्नो भित्रबाट राम्रो गर्र्न उत्प्रेरित गर्ने विषय भएको उहाँको भनाई थियो । ‘यो विषयलाई सरकारले प्राथमिकतामा राखेर प्रतिवद्वता व्यक्त गर्दछु । समितिबाट सरकारलाई आवश्यक सुझाव दिन आग्रह गर्दछु ।,’

त्यसैगरी प्रहरी कर्मचारी सरुवाको विषय निरन्तरको प्रक्रिया भएको उहाँको भनाइ छ ।

‘कर्मचारीको सरुवा र बढुवा हुन्छ । कहिले काँही सामान्यतया अवधी तोकेको हुन्छ । तर कहिले काही अवधी भन्दा पहिले पनि हुन्छ,’मन्त्री लेखकले भन्नुभयो, ‘जुन पदको सरुवाको कुरो छ उहाँ अत्यन्त योग्य मानिस हो, र योग्यतम ठाउँमा पुग्नु भएको छ । किनभने प्रहरीलाई तालिम दिने भन्या त सबैभन्दा बढी पढेलेखेको चाहियो नी, प्रहरी राम्रो बनाउनु पर्यो । अनि राम्रो प्रहरीलाई राम्रो तालिम दिन राम्रो मान्छे पठाउँदा के समस्या भयो ?,’ ।