२४ जेष्ठ २०८३, आइतबार

एमाले सचिवालय बैठक जारी

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । सत्तारुढ दल नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । बैठक होटल बसेरा हनुमानथानमा बसेको हो ।

मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी मुख्यालय च्यासलमा बस्न नसकेपछि बैठक हनुमानथानमा बसेको हो ।

आजको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने बताइएको छ । बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ । यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिएको थियो ।