४ श्रावण २०८३, सोमबार

टीआरसी विधेयक पीडित सहमत नभएमा मुद्दा चल्ने

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । तीन दलहरूबीच संक्रमणकालीन न्यासम्बन्धी विधेयक (टीआरसी) मा सहमति जुटेको छ ।

आज बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको तीन दलको संयन्त्र (कार्यदल)को बैठकले बाँकी भएका विषयमा सहमति जुटाउँदै प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाउने निर्णय गरेको हो।

विधेयकमा यदी पीडित सहमति नभए मुद्दा चलाउने सहमति भएको हो । ‘द्वन्द्वकालमा भएका हत्यालाई कसरी परिभाषित गर्ने भन्ने भएको थियो। मनसायपूर्वक अथवा स्वेच्छाकारी ढंगले गरिएको हत्या भनेर त्यसलाई टुंग्याएका छौँ,’ गृहमन्त्री रमेश लेखकले भन्नुभयो, ‘पीडितको सहमति आवश्यक हुन्छ।

मेलमिलापका लागि पीडितको सहमति आवश्यक गर्ने व्यवस्था गरेका छौँ।’ यस्तै, द्वन्द्वकालमा संलग्न भएर मृत्यु भएका वा घाइते भएकाको परिवारलाई पनि पीडित सरह नै परिपूरण (क्षतिपूर्ती) दिने निर्णय भएको छ।