३० जेष्ठ २०८३, शनिबार

सुन प्रतितोला १६ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

22.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १६ सय रूपैयाँले बढेको हो । बुधबार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १६ सय रूपैयाँले बढेर १ लाख ४९ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ४ सय ५० रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ७ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी आज २० रूपैयाँले बढेर १ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।