
काठमाडौं, १७ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको एक निर्णयको स्वागत गर्नुभएको छ ।
नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने बताउनुभएको थियो । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुहुँदै सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउनुभएको थियो ।

सोही विषयलाई लिएर थापाले फेसबुकमा लेख्दै भन्नुभएको छ, ‘बालुवाटार प्रधानमन्त्री निवासमा पार्टी बैठक नराख्ने केपी ओलीको निर्णय हेर्दा सानो तर प्रशंसनीय छ ।’
उहाँले प्रधानमन्त्री ओलीको यस कदमलाई अझ बलियो बनाउन सुझाव दिँदै भन्नुभयो, ‘सरकारी निवास वा कार्यालयमा पार्टीको गतिविधि राख्न वा गर्न नपाउने निर्णय मन्त्रिपरिषद् बैठकबाट गरिदिनु भए भविष्यको लागि पनि नजिर हुनेछ । त्यसतर्फ प्रधानमन्त्रीको ध्यान जाओस् ।’









प्रतिक्रिया