११ असार २०८३, बिहिबार

पेरिस ओलम्पिक : अहिलेसम्म ४७ देशले जिते पदक, चीन शीर्ष स्थानमा

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ४७ देशले पदक जितेका छन् । बुधबार सम्पन्न खेलपछि २७ देशले स्वर्ण पदक जितेका छन् भने कुल ४७ देशले पदक जितेका छन् । जसमा चीन ९ स्वर्ण, ७ रजत र ३ काश्य पदक जितेर शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै, फ्रान्स ८ स्वर्ण, १० रजत र ८ काश्य पदकसहित दोस्रो स्थानमा रहेको छ । जापान ८ स्वर्ण, ३ रजत र ४ काश्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने अस्ट्रेलिया ७ स्वर्णसहित ६ रजत र ३ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ ।

त्यस्तै, ग्रेट ब्रिटेनले ६ स्वर्ण, ६ रजत र ५ काश्य पदक जितेको छ भने दक्षिण कोरियाले पनि ६ स्वर्णसहित ३ रजत र ३ काश्य पदक जितेको छ । अमेरिकाले ५ स्वर्ण १३ रजत र १२ काश्य पदक जितेको छ । इटालीले ३ स्वर्ण, ६ रजत र ४ काश्य पदक जितेको छ ।

त्यस्तै, क्यानडा, हङकङ र जर्मनी २/२ स्वर्ण पदक जितेका छन् । स्विडेन, नेदरल्याण्डस, जर्जिया, न्यूजील्याण्ड, बेल्जियम,  काजकिस्तान, दक्षिण अफ्रिका, क्रोसिया,  ग्वाटेमाला, आयरल्याण्ड, रोमानिया, अर्जेन्टिना, अजरबैजान, स्लोभेनिया, सर्बिया र उज्बेकिस्तानले पनि एकएक स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी, अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा हंगेरी, उत्तर कोरिया, ब्राजिल, पोल्याण्ड, कोसोभो, मेक्सिको, स्वीजरल्याण्ड, टर्की, फिजी,  मंगोलिया, ट्युनिसिया, भारत, मोलडोभा, अस्ट्रिया, इजिप्ट, स्पेन, ग्रीस, स्लोभाकिया, ताजकिस्तान र युक्रेन रहेका छन् ।