२५ जेष्ठ २०८३, सोमबार

स्वास्थ्य अवस्थाले साथ दिएसम्म बालुवाटारमा पार्टीको बैठक राख्दिनँ : प्रधानमन्त्री ओली

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा लेख्नुहुँदै उहाँले सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउनुभएको हो ।

प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, ‘सामाजिक सञ्जालमार्फत तपाईंहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु ।’ साथै, उहाँले आज हुने पार्टीको सचिवालय बैठकको बारेमा पनि जानकारी गराउनुभएको छ । मनोहरा खोलामा आएको बाढीको कारण पार्टी कार्यालयमा बैठक बस्न नसक्ने भएकोले यसपटक बैठक अन्यत्र राखिएको उहाँले उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आफूलाई सुझाव दिँदै जान अनुरोधसमेत गर्नुभएको छ । ‘आज हाम्रो पार्टीको सचिवालय बैठक छ । मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ । यसरी नै मलाई सुझाव दिँदै जानुहोला ।’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेख्नुभएको छ ।

प्रधानमन्त्रीको सचिवालयकाअनुसार एमाले सचिवालय बैठक होटल बसेरा हनुमानथानमा बिहान ११ बजेका लागि तय भएको छ ।