२३ जेष्ठ २०८३, शनिबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  बुधबार निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै आजदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएको हो ।

निगमकाअनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलमा दुई रुपैयाँ घटाइएको र हवाई इन्धन, एलपी ग्यासको मूल्य भने यथावत कायम राखिएको छ ।

मूल्य घटेसँगै अब काठमाडौंमा पेट्रोलको प्रतिलिटर १७० रुपैयाँ तथा डिजेल र मट्टितेलको प्रतिलिटर १५८ रुपैयाँ कायम भएको छ ।